सीमामा तस्करी नियन्त्रण गर्न नसकेको भन्दै सशस्त्रका एसपी प्रधानकार्यालय तानिए

पुस ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सीमामा तस्करी नियन्त्रण गर्न नसकेको भन्दै सशस्त्रका एसपी प्रधानकार्यालय तानिए

नेपालगञ्ज । सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरी नेपालगञ्ज सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीलाई प्रधानकार्यालय तानिएको छ ।

नेपालगञ्ज नाकाबाट हुँदै आएको तस्करी नियन्त्रण गर्न नसकेको र सर्वसाधारणमाथि कुटपिट गर्दै जिम्मेवारी बहन गर्न असमर्थ देखिएको भन्दै डाँगीलाई हेडक्वार्टर तानिएको हो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले आज प्रधानकार्यालयमा हाजिर हुँने गरि डाँगीको सरुवा गरेको हो । यसअघि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एसएसपी गंगाराम श्रेष्ठको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरी स्थलगत अध्ययनमा खटाएको थियो ।

समितिले अनुसन्धान सकेलगत्तै एसपी डाँगी केन्द्रमा तानिनुभएको हो । नाकाबाट सामान ल्याइरहेका सर्वसाधारणमाथि कुटपिट गरेको भन्दै सशस्त्र प्रहरीको आलोचना भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.