काठमाडौं । नेकपा माओवादी केन्द्रले लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेपछि लेखा समितिमा सांसदहरुबीच सवालजवाफ भएको छ ।
सोमबार समितिको बैठकमा बोल्दै माओवादी सांसद अमनलाल मोदीले लेखा समितिलाई सक्रिय र प्रभावकारी बनाउन लेखा समिति विपक्ष दलको नेतृत्व हुनुपर्ने भन्दै सभापति पोखरेलको राजीनामा माग्नुभएको हो ।
माओवादी सांसद मोदीले सभापति पोखरेलको राजीनामा माग्दा एमाले सांसद गोकुल बास्कोटा र मोदिबीच केहिबेर सवालजवाफ भएको थियो । एमाले र कांग्रेसका सांसद पोखरेलको पक्षमा देखिएका थिए ।
सांसदहरुले प्रश्न उठाएपछि सभापति पोखरेलले आफु सबै कानुनि परिक्षामा संलग्न हुन तयार रहेको बताउनु भयो । साथै उहाँले बेनामे उजुरीको कारणले समितिको मुख्य काम छायामा परेको बताउनु भयो ।