सीमाविद् श्रेष्ठलाई 'रेमण्ड माइलफस्की' अवार्ड

पुस ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सीमाविद् श्रेष्ठलाई 'रेमण्ड माइलफस्की' अवार्ड

काठमाडौं । बेलायतस्थित डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले नेपालका सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड–२०२४’ प्रदान गरेको छ ।

श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको आइब्रुका निर्देशक फिलिप स्टाइनबर्गले जानकारी दिनुभएको हो । माइलफस्की पुरस्कार प्रत्येक वर्ष सीमा निर्माण वा सीमापार सहयोग गर्ने व्यक्ति वा संस्थालाई दिइन्छ ।

माइलफस्की अवार्ड प्रदान गर्न अमेरिकी विदेश विभागमा लामो समय सीमा विशेषज्ञ रहेका रेमण्ड माइलफस्कीको सम्पत्तिबाट प्राप्त वसीयतबाट प्रदान गरिन्छ । उहाँ आइब्रु प्रशिक्षण कार्यशालाहरूमा प्रशिक्षक हुनुहुन्थ्यो । यो अवार्डको पुरस्कार राशी ७४५ पाउन्ड स्टर्लिंग नगद रहेको छ ।

नेपालको नापी विभागको महानिर्देशकको रूपमा काम गर्नुभएका श्रेष्ठका सीमासँगसम्बन्धी विभिन्न १४ वटा पुस्तकहरू प्रकाशित छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.