काठमाडौं । नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठक यही पुस २५ र २६ गते काठमाडौंमा हुने भएको छ । दुवै देशका प्रतिनिधिबीच काठमाडौंमा बैठक बस्ने सहमति भएको हो ।
बैठकका एजेन्डा भने तय भइसकेका छैनन् । प्रतिनिधिहरुबीच छलफल गरी बैठकका एजेन्डा तय गरिने बताइएको छ । नेपालले वाणिज्य सन्धि पुनरावलोकनका लागि प्रस्ताव लैजाने तयारी गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले जानकारी दिनुभयो ।
त्यसैगरी नेपाली वस्तुको सहज निर्यात र भारतसँग बढेको व्यापार घाटा न्यूनीकरणका विषयमा छलफल गर्ने तयारी नेपालको छ । भारतीय गुणस्तर चिन्ह नलिएको भन्दै भारतले सिमेन्ट, जुत्ता, सेनेटरी प्याडलगाएका वस्तुको निर्यातमा अवरोध गर्दै आएको छ ।