काभ्रे । भकुन्डेबाट धुलिखेलतर्फ आउँदै गरेको स्करपिओ गाडीमा ब्राउन सुगर जस्तै देखिने पदार्थ भेटिएपछि तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धुलिखेल नगरपालिका-९ मा रहेको अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङमा खटिएको लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर समेतको संयुक्त टोलीले जाँच गर्दा उनीहरू पक्राउ परेका हुन् ।
भकुन्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा१५च २३५६ नम्बरको स्करपिओमा ४७ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ भेटिएपछि तीन जनालाई नै खानतलासी गरी तीन थान मोबाइल र गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा चालक काठमाडौं जिल्ला शंखरापुर नगरपालिका-९ बस्ने २५ वर्षीय अभिषेक राजबहाक र सोही स्थान बस्ने ३२ वर्षीय किशोर थापा र ३१ वर्षीय विराट थापा रहेको काभ्रे प्रहरीका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिनु भयो ।
घलेका अनुसार उनीहरूमाथि जिल्ला अदालत काभ्रेबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।