काभ्रे । धुलिखेल नगरपालिका वडा नं ४ स्थित २८ किलो नजिकै तारजाली बनाउने कारखानामा आगलागी भएको छ । बनेपा र धुलिखेलको सिमाना नजिकै रहेको लालीगुराँस तारजाली कारखानामा आगलागी भएको हो ।
प्रहरी र स्थानीयसँगै नगर प्रहरी र दमकलको प्रयासले आगलागी नियन्त्रणमा आएको छ । क्षतिको यकीन विवरण संकलन हुँदै गरेको काभ्रे प्रहरीका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिनु भयो ।
कारखानाको एउटा भवन र भवनभित्रका सरसमान जलेर नष्ट भएका छन् ।