बीआरआई अन्तर्गतका योजना अनुदानस्वरुप अघि बढाउन चीन सकारात्मकः परराष्ट्रमन्त्री राणा

मंसिर १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
बीआरआई अन्तर्गतका योजना अनुदानस्वरुप अघि बढाउन चीन सकारात्मकः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका योजनाहरु अनुदान स्वरुप अघि बढाउन चीन सकारात्मक रहेको बताउनुभएको छ ।

चीन भ्रमण सकेर स्वदेश फर्किनुभएकी परराष्ट्रमन्त्री राणाले आफूले चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीसँग गरेको कुराकानीमा बीआरआई प्रोजेक्टअन्तर्गतका योजनाहरु अनुदानका रुपमा अघि बढाउन चीन सकारात्मक रहेको बताउनुभएको हो ।

देश भित्रको परिस्थितिका कारण नेपालले ऋण लिनसक्ने अवस्था नभएको चिनियाँ पक्षलाई स्पस्ट पारेको पनि परराष्ट्रमन्त्री देउवाले जानकारी दिनुभयो । उहाँले भ्रमणमा दुई देशको परास्परिक सम्बन्धलाई मजबुत बनाउने, भइरहेको कामहरु कसरी निरन्तरता दिने बारेमा छलफल भएको बताउनु भयो ।

उहाँले व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल, आर्थिक, सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ दुई देशको सम्बन्ध अघि बढाउने बारेमा छलफल गरेको बताउनु भयो । देशभित्रको परिस्थितिका कारण नेपाल ऋण लिनसक्ने परिस्थितिमा नरहेको कुरा राखेको बताउनु भयो । सो बारेमा चीन सरकारले आफूहरु आन्तरिक सल्लाह गर्ने र निर्णय लिने एवं नेपाललाई पनि आन्तरिक सल्लाह गरेर प्राथमिकताका साथ एजेण्डाहरु ल्याउन आग्रह गरेको बताउनु भयो ।

परराष्ट्रमन्त्री डा. राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा धेरै विषयहरु अघि बढ्ने अपेक्षा गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement