गलेश्वरधाममा सतबीज छरेर मनाइयो बाला चतुर्दशी

मंसिर १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
गलेश्वरधाममा सतबीज छरेर मनाइयो बाला चतुर्दशी

म्याग्दी । देशकै प्रसिद्ध तीर्थस्थलमध्येको एक म्याग्दीको गलेश्वरधाममा हजारौं भक्तजनले हिन्दू धार्मिक परम्परा अनुसार सतबीज छरेका छन् । कालीगण्डकी नदीमा नुहाएर श्लेषमान्तक वन गलेश्वर मन्दिर क्षेत्रमा आज बिहानैदेखि सतबीज छर्नेको घुइँचो लागेको हो ।

सतबीज छर्न म्याग्दी बाहेक बाग्लुङ, मुस्ताङ, पर्वत, कास्की, तनहुँबाट समेत ठूलो संख्यामा भक्तजन आएका छन् । मुक्तिद्वारको रूपमा परिचित गलेश्वर कालीगण्डकी नदी किनाराका चार प्रमुख तीर्थस्थलमध्येको एक हो ।

स्कन्दपुराणमा सतीदेवीको मृत्यु पश्चात उनको मृत शरीर लिएर भगवान शिव कालीगण्डकी नदी किनारै किनार कैलाश पर्वततर्फ हिँडिरहेका वेला सतीदेवीको गला पतन भई त्यहाँ गलेश्वर महादेव उत्पन्न भएको उल्लेख छ । गलेश्वर मन्दिरको मुख्य आकर्षण ज्योतिर्लिङ्ग हो । गलेश्वर मन्दिर एउटै विशाल ढुंगामाथि रहेको छ । गलेश्वर मन्दिर परिसरभित्रै चट्टानबीच लाम्चो आकार परेको एक जलकुण्ड पनि छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement