आज बाला चतुर्दशी, दिवंगत आफन्तको सम्झनामा सतबीज छरिँदै

मंसिर १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
आज बाला चतुर्दशी, दिवंगत आफन्तको सम्झनामा सतबीज छरिँदै

काठमाडौं । आज बाला चतुर्दशी, हिन्दू धर्माबलम्बीहरूले पाशुपत क्षेत्रस्थित मृगस्थली श्लेषमान्तक वनमा दिव‌ंगत आफन्तको सम्झनामा सतबीज छरेर मनाइरहेका छन् । पाशुपत क्षेत्रमा आज बिहानैदेखि सतबीज छर्नेको भीड लागेको छ ।

सतबीज छर्नाले मृतकका पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवंगत भएका आफन्तको चीरशान्तिको कामना गर्दै पाशुपत क्षेत्रको श्लेषमान्तक वनमा सतबीज छरी परिक्रमा गर्दै बालाचतुर्दशी पर्व मनाइँदैछ ।

हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ लगायतका गेडागुडी मिसाइएको सतबीज छर्दै पाशुपत क्षेत्रका मन्दिर परिक्रमा गरिन्छ । सतबीजबाट उम्रेको अन्न दिवंगत आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने जनविश्वास छ । यस पर्वमा पाशुपत क्षेत्रसँगै देशका अन्य शिवायलयहरुमा पनि सतबीज छर्ने चलन छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement