लुम्बिनीलाई बौद्ध धर्म र दर्शनको मुहान भनेर चिनाउनुपर्छ : प्रधानमन्त्री ओली

मंसिर १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनीलाई बौद्ध धर्म र दर्शनको मुहान भनेर चिनाउनुपर्छ : प्रधानमन्त्री ओली

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी गौतमबुद्धको जन्मस्थल मात्र नभएर बौद्ध धर्म र दर्शनको उद्गमस्थान समेत रहेको बताउनुभएको छ ।

आज लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष थप प्रचारप्रसार गरेर यसको गरिमा बढाउनुपर्ने बताउनुभयो । अब लुम्बिनीलाई गौतमबुद्ध जन्मेको स्थल मात्र होइन बौद्ध धर्म र दर्शनको मुहान भनेर चिनाउनुपर्ने बताउनुभयो ।

२० औँ वार्षिकोत्षवको अवसर पारेर भएको तेस्रो दीक्षान्त समारोहमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहका गरी दुई सय ८९ जना विद्यार्थी दीक्षित भएका छन् । बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै विश्वविद्यालयले भिक्षुणी धम्मावतीलाई पहिलो पटक मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement