बाघको आक्रमणबाट दुई जना घाइते

मंसिर १३, २०८१ |कमल पन्थी|रेजिना मल्ल
बाघको आक्रमणबाट दुई जना घाइते

बर्दिया । बिहीबार घाँसदाउरा लिन गएकी मधुवन नगरपालिका–८ की एक महिला सहित दुई जना बाघको आक्रमणबाट घाइते हुनु भएको छ । मधुवन–८ स्थित गणेश शिव सामुदायिक वन, कुसुम्बा घाटमा समूहमा घाँसदाउरा गरी रहेको समय उनीहरूमाथि बाघले आक्रमण गरेको थियो ।

कुसुम्बादेवी मन्दिर नजिकैको स्थानमा बाघले आक्रमण गरेको हो । नगरपालिकाका मेयर तेजबहादुर भाटका अनुसार घाइते हुनेमा सोही पालिकाको आठ नम्बर वडाका ४२ वर्षीय महम्मद अली र ३३ वर्षकी ममता तिरुवा हुनु हुन्छ । उहाँहरूमध्ये अली गम्भीर घाइते हुनु भएको छ । तिरुवा भने सामान्य घाइते हुनु भएको जिल्ला अस्पतालका डाक्टर विजय उपाध्यायले बताउनु भयो ।

केही समयदेखि भारतीय सीमावर्ती कतरनियाघाट वन्यजन्तु सेन्चुरीबाट आएको जीपीएस कलर जडित बाघ यस क्षेत्रमा देखापरेपछि स्थानीय प्रहरी प्रशासनले सर्वसाधारणलाई सचेत पार्दे आएको छ । सोही बाघले आक्रमण गरेको स्थानीयको अनुमान छ ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।

Image

रेजिना मल्ल

मल्ल कान्तिपुर टेलिभिजन बर्दियाकी क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement