काठमाडौं । जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कमा लगानी गरेका पाँच वटा सहकारी संस्थाको बचत हिनामिना कसरी भयो ? प्रहरीले गरिरहेको अनुसन्धान अहिले यहि विषयमा केन्द्रीत छ । फरार रहेका जीबी राईबाहेक प्रहरीले हाल तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछाने र संचालक छविलाल जोशी लगायतलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । तर यी पाँच सहकारीबाट ३ अर्बभन्दा बढि रकम हिनाहिना भएको देखिएको सहकारीको रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको निष्कर्ष छ । जीबी, रवि र छविबाहेक प्रहरीले पाँच सहकारीको रकम अपचलनमा संलग्न मानिएका १४० जनामाथि अनुसन्धान गरिरहेको छ । तर तिमध्ये अधिकांश भने अझै फरार छन् ।
सहकारीको रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले ४० वटा सहकारीको ८६ अर्ब अपचलन भएको प्रतिवेदन दिएको थियो । सबैभन्दा धेरै रकम अपचलन गर्ने व्यक्तिका रुपमा देखिएका छन्- गोर्खा मिडिया ग्रुपका अध्यक्ष जीवी राई । जीवीसहित छविलाल जोशी र रवि लामिछाने सञ्चालक रहेको गोर्खा मिडिया गु्रपमा पाँच वटा सहकारीबाट ६७ करोड रुपैयाँ लगानी भएको देखिएको हो । कास्कीको सूर्यदर्शन, रुपन्देहीको सुपि्रम, चितवनको साहारा, काठमाडौंको स्वर्णलक्ष्मी र पर्साको सानो पाइलाको ६७ करोड गोर्खा मिडिया गु्रपमा आएको संसदीय छानबिन विशेष समितिकै निष्कर्ष छ । अहिले गोर्खा मिडिया गु्रपका सञ्चालकमध्ये छविलाल जोशी र रवि लामिछाने प्रहरी हिरासतमा छन् । प्रहरीले छबि र रविलाई कास्की प्रहरीको हिरासतमा राखेर अनुसन्धान गरिरहे पनि वुटवलमा बयान गराइसकिएको छ । काठमाडौं र चितवनबाट पनि प्रहरीले पक्राउ पुर्जी लिइसकेको छ ।
अहिले प्रहरीले अनुसन्धान गरिरहेका पााच सहकारीको मात्रै ३ अर्बभन्दा धेरै रकम अपचलन भएको देखिएको छ । सूर्यदर्शन सहकारी पोखरामा १ हजार ३९ जनाको जाहेरीमा अनुसन्धान भइरहेको छ । यो सहकारीको १ अर्ब ११ करोड हिनामिनामा ६० आरोपी छन् । नागरिकले जम्मा गरेको पैसा अपचलन गर्ने सहकारी सञ्चालकदेखि त्यही पैसाले निजी कम्पनी स्थापना गर्नेसम्म गरेर ५१ जनाविरुद्ध पक्राउ पुर्जी लिइएको छ । जसमा ९ जना पक्राउ परेर ६ जनामा थुनामा छन् । बुटवलको सुप्रिम सहकारीमा पनि प्रहरीले पुरक जाहेरी लिएरै अनुसन्धान गरिरहेको छ । सुपि्रम सहकारीमा १८ सय ३१ जना पीडितले जोहरी दिएका छन् । जसमा ८६ करोड हिनामिनाको आरोपमा २७ जना प्रतिवादी बनाइएकोमा १० जना मात्रै पक्राउ परेका छन् ।
यता चितवनको साहारा वचत तथा ऋण सहकारीका पीडित आन्दोलनमै छन् । चितवन साहाराको ३७ करोड ८५ लाख हिनामिनामा प्रहरीले १७ जनालाई प्रतिवादी बनाएको छ ।
त्यसैगरी काठमाडौंको स्वर्णलक्ष्मीमा जिल्ला प्रहरी परिसर काठमाडौंको छुट्टै अनुसन्धान चलिरहेको छ । स्वर्णलक्ष्मीबाट पनि गोर्खा मिडिया ग्रुपमा पैसा लगानी भएको छ । स्वर्णलक्ष्मी सहकारीको ६ सय ८० जना पीडितले दिएको जाहेरीमा १ अर्ब ११ करोड ८५ लाख हिनामिना भएको छ । त्यसमा काठमाडौं प्रहरीले दुई जनालाई पक्राउ गरेको छ भने कुमार रम्तेल र छविलाल जोशीलाई कास्कीबाटै ल्याएर बयान गराइसकेको छ । रवि लामिछानेसाग बयानको तयारी छ ।
पर्साको सानो पाइला सहकारीको रकम अपचलनमा पनि प्रहरीको अनुसन्धान जारी छ । ४ सय ३७ जना पीडितको जाहेरी लिएको प्रहरीले १२ जनाविरुद्ध पक्राउ पुर्जी लिएको छ । सानो पाइला सहकारीको रकम पनि जीवी राईसहितले गोर्खा मिडिया गु्रपमा लगानी गरेको संसदीय छानबिन समितिले खुलाइसकेको छ । यी पााच वटा सहकारीको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सहयोग गरेको हो । पाँचवटा सहकारीमा १ सय ४० जना आरोपी भए पनि अधिकांश फरार देखिएका छन । प्रहरीले ति फरारलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्ने जिम्मेवारीमा छ । विषेश गरेर ती सहकारीमा नागरिकले जम्मा गरेको अधिकांश रकम जीवी राईकै समूहले आफ्नो निजी कम्पनीमा लगानी गरेको खुलेको छ ।