काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना तिराउने भएको छ ।
नेकपा एमालेले जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरि वातावरण प्रदूषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तिर्न पत्र पठाएको हो ।
आज काठमाडौंको दरवारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा वातावरण प्रदुषण गरेकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०६१ बमोजिम एक लाख जरिवान गरिएको काठमाडौं महानगरपालिका नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जानकारी दिनुभयो ।