रुपन्देही । बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित हुन थालेका छन् ।
बाक्लो हुस्सुले एकसातादेखि विमानस्थल नखुलेर 'भिजिबिलिटी' अपुग भएपछि आन्तरिक र बाहृय दुवै उडान प्रभावित भएका छन् ।
एक सातायता बिहानका भैरहवाबाट काठमाडौं र पोखराका उडान रोकिएका छन् । दिउँसोका उडान पनि प्रभावित भएका छन् ।
शुक्रबार पनि १ बजेपछि मात्रै उडान सुरु भएका थिए । गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बाक्लो कुहिरो लाग्न थालेपछि बिहानको समयमा हुने अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित भएको बताउनुभयो ।