कोप–२९ को तयारी अन्तिम चरणमा

कार्तिक २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोप–२९ को तयारी अन्तिम चरणमा

बाकु । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धीका पक्षराष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) को तयारी अन्तिम चरणमा पुगेको छ ।

अजरबैजानको राजधानी बाकुमा कात्तिक २६ देखि मंसिर ७ गतेसम्म हुने जलवायुसम्बन्धी शिखर सम्मेलनको सबै तयारी पूरा भएको जनाइएको छ ।

यसपटक कोप सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने तय भएको छ । उक्त टोलीमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी लगायतको सहभागीता रहनेछ ।

सम्मेलनमा नेपालले यसपालि जलवायु परिवर्तनमा नकारात्मक योगदान गर्ने राष्ट्रहरुबाट पाउनुपर्ने क्षतिपूर्तिका बारेमा विशेष जोड दिने भएको छ ।

पौडेलले राष्ट्रपतिले जलवायु क्षेत्रको विषयमा लगातार अन्तरिक र बाह्य रुपमा नेपालमा यसबाट परेको असर र पाउनुपर्ने क्षतिपूर्तिको बारेमा कुरा उठाउँदै आइरहनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement