सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेको म्याद थपसम्बन्धी बहस सकियो

कार्तिक २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेको म्याद थपसम्बन्धी बहस सकियो

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको म्याद थपसम्बन्धी बहस सकिएको छ । 

कास्की जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा लामिछाननेलाई म्याद थपका लागि पेस गरिएको थियो । अहिले दुवै तर्फको बहस सकिए पनि न्यायाधीशले निर्णय भने सुनाएका छैनन् ।

कार्तिक २ गते पक्राउ गरी ल्याइएका रास्वपा सभापति लामिछानेलाई असोज ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । एक साता हिरासतमा राख्ने अनुमति पाएकोमा त्यो म्याद तिहार विदाकै बीचमा सकिएकाले प्रहरीले आज पुन: अदालतमा लामिछानेलाई उपस्थित गराएको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.