नुवाकोटको विदुर नगरपालिकाले आफैँ फूलखेती गरेर विक्री गर्दै

कार्तिक १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
 नुवाकोटको विदुर नगरपालिकाले आफैँ फूलखेती गरेर विक्री गर्दै

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले फूल खेती गरी विक्री वितरणको व्यवस्था मिलाएको छ ।

घर सजावटमा प्रयोग गरिने प्लाष्टिकजन्य कृत्रिम फूलको बढ्दो प्रयोगलाई नियन्त्रण गर्ने र दिपावली, तिहार र छठजस्ता पर्वहरुमा आवश्यक प्राकृतिक फूलहरुको आपूर्तिमा सघाउ पुर्‍याउने उद्देश्यले विदुर नगरपालिका फूल खेती गरेको हो । सयपत्री र मखमली जातका प्राकृतिक फूलहरुको उत्पादन गरी सहज र सुलभ रुपमा उपलब्ध गराएको नगरपालिकाले जनाएको छ।

संघीय सरकारले पर्यावरणमा असर पुगेको र प्राकृतिक फूलहरुको उत्पादन र बजार प्रवर्द्धनमा समस्या देखिएसँगै प्लाष्टिकजन्य कृत्रिम फुल तथा मालाहरुको आयात र विक्रीवितरणमा रोक लगाएको थियो ।

उक्त सरकारी नीतिको अनुशरण गर्दै विदुर नगरपालिकाको कृषि शाखाद्धारा वडा-५ र ९ को कार्यालय परिसरमा रहेको करिब १० रोपनी जग्गामा फूल खेती गरेको हो । उत्पादित फूल प्रतिकेजी दुई सय रुपैयाँमा विक्री वितरण भइरहेको नगरपालिकाले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.