संखुवासभामा टिपर दुर्घटना हुँदा २ जना भारतीय मजदुरको मृत्यु

कार्तिक १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
संखुवासभामा टिपर दुर्घटना हुँदा २ जना भारतीय मजदुरको मृत्यु

संखुवासभा । संखुवासभामा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युतमा कार्यरत २ जना भारतीय मजदुरको मृत्यु भएको छ । दुर्घटनामा २ जना भारतीय घाइते भएका छन् ।

मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार राति दुर्घटनामा परेको संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले जनाकारी दिनुभयो ।

टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेमा टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको जानकारी डीएसपी बस्नेतले दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.