गोरखा ग्रुप अफ कम्पनीका अर्का सञ्चालक रामबहादुर खनाल पनि पक्राउ

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
गोरखा ग्रुप अफ कम्पनीका अर्का सञ्चालक रामबहादुर खनाल पनि पक्राउ

काठमाडौं । ठगी तथा संगठित अपराध मुद्दामा फरार रहेका नेचर हवर्स इन्टरनेशनल प्रालि र गोरखा ग्रुप अफ कम्पनीका सञ्चालक एवं शेयरधनी रामबहादुर खनाल पक्राउ परेका छन् ।

खनाललाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो ।

कृष्णप्रसाद जैसी समेतको जाहेरी र प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी रवि लामिछानेसमेत भएको सूर्यदर्शन बचत तथा ऋण सहकारीमा रकम ठगी तथा संगठित अपराध सम्बन्धी कसुर मुद्दामा खनाललाई आज पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार पक्राउ परेका खनाललाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.