धादिङमा इलेक्ट्रोनिक भ्यान दुर्घटना हुँदा ११ जना घाइते

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
धादिङमा इलेक्ट्रोनिक भ्यान दुर्घटना हुँदा ११ जना घाइते

धादिङ । धादिङमा इलेक्ट्रोनिक भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

काठमाडौंबाट मनकामना जाँदै गरेको बा.प्र.०१-०३० च ७६५९ ईभी दिउँसो करिब २ बजेतिर धादिङको थाक्रे गाउँपालिका- ६ नौकिलास्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा ११ जना घाइते भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । भ्यान सडकबाट करिब ४० मिटर तल खसेको हो । दुर्घटनाको विषयमा प्रहरीले थप अनुस्न्धान गरिरहेको बताएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.