हेटौँडातर्फ लैजाँदै गरेको १४ केजी अवैध चाँदीसहित दुईजना पक्राउ

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
हेटौँडातर्फ लैजाँदै गरेको १४ केजी अवैध चाँदीसहित दुईजना पक्राउ

हेटौँडा । हेटौँडातर्फ लैजाँदै गरेको १४ केजी अवैध चाँदीसहित जिल्ला प्रहरी कार्यालय बाराले दुईजनालाई पक्राउ गरेको छ ।

दुईवटा मोटरसाइकलमा पथलैयाबाट हेटौँडातर्फ लुकाइछिपाइ लगिरहेको अवस्थामा प्रहरीले १४ किलो चाँदीसहित प्रसौनी गाउँपालिका ६ का सन्तोष साह सोनार र जितपुरसिमरा उपमहानगरपालिका ८ का सुरेश महतोलाई पक्राउ गरेको हो ।

आज बिहान विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रमुख त्रिभुवनलाल साहको कमाण्डमा खटिको टोलीले ना ५२ प २५८४ र ना ५५ प ३९३२ नम्बरको मोटरसाइकललाई अमलेखगञ्ज चोकमा जाँच गर्दा चाँदीसहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका सोनार र महतोलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.