सहकारी ठगी प्रकरणमा बुटवल प्रहरी हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीको बयान जारी

जिल्ला अदालत अगाडि सहकारीपीडितको प्रदर्शन
कार्तिक ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगी प्रकरणमा बुटवल प्रहरी हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीको बयान जारी

बुटवल । गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीको सरकारी वकिलको कार्यालय भैरहवामा बयान जारी छ ।

जोशीलाई सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डित तथा अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहितका प्रहरीहरूले बयान लिइरहेका छन् ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान भइरहेकामा जोशीलाई हिजो सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न बुटवल लगिएको हो । सहकारी वकिल कार्यालयभित्र बयान चलिरहँदा बाहिर सुप्रिम सहकारी पीडितहरूले प्रदर्शन गर्न थालेकोमा प्रहरीले रोक लगाएपछि पीडितले जिल्ला अदालत अगाडि पनि प्रदर्शन सुरू गरेका छन् ।

यस्तै पोखरामा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा आज पनि विरोध प्रदर्शन भएको छ । सहकारी ठगी प्रकरणमा गत शुक्रबार पक्राउ परेका लामिछानेलाई आइतबार कास्की अदालतले ६ दिन थुनामा राख्न अनुमति दिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.