आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रविको प्रतिक्रिया, ‘सरकार मर्‍यो !’

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रविको प्रतिक्रिया, ‘सरकार मर्‍यो !’

काठमाडौं । रास्वापा सभापति रवि लामिछानेले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सरकार मरेको प्रतिक्रिय दिनुभएको छ । उहाँले फेसबुकमा एक पोस्ट लेख्दै यस्तो प्रतिक्रिया दिनुभएको हो ।

सभापति लामिछानले सरकारलाई तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी मेरो हातमा चाहिँ हतकडी भन्दै प्रश्न समेत गर्नुभएको छ । 'सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो !!,' उहाँले लेख्नुभएको छ, 'तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ?'

उहाँले एमालेलाई लक्षित गर्दै प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा लिने तर आफूले भने ठगीको आरोप खेपी दिनुपर्ने भन्दै प्रतिक्रया जनाउनु भएको छ । 'तपाईँ प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने, मैले ठगीको आरोप खेपी दिनुपर्ने,' उहाँले लेख्नु भएको छ । 

यस्तो छ लामिछानेको प्रतिक्रिया :-


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.