गत असोज ११ र १२ गते रोशी खोलामा आएको बाढी र पहिरोले बीपी राजमार्गमा ठूलो क्षति पुर्याएको छ । राजमार्ग ११ ठाउँमा अवरुद्ध छ । त्यसमध्ये काभ्रेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि रोशी गाउँपालिकाको नार्केसम्मको ७ किलोमिटर खण्ड क्षतविक्षत अवस्थामा छ । यस खण्डमा सवारी त के पैदल हिड्न समेत जोखिमपूर्ण छ । यातायात सञ्चालन कहिले हुन्छ, थाहा छैन ।
हेर्नुहोस हाम्रा सहकर्मीहरु पुजन धिताल, हेम प्रसाईं र विकास आचार्यले चौकीडाँडादेखि नार्के बजारसम्म पुगेर तयार पारेको यो रिपोर्ट ।