एउटै सिट तीन जनालाई बिक्री, नियामक निकाय रमिते

आश्विन २१, २०८१ |प्रकाश बम
एउटै सिट तीन जनालाई बिक्री, नियामक निकाय रमिते

काठमाडौं । बाढी, पहिरो र डुबानले देशका अधिकांश सडक बिग्रिएका छन् । दशैं मनाउन घर जान चाहनेहरुलाई पिरोलेको छ । एकातिर आफूले भनेको समयमा बसको टिकट पाइँदैन भने पाइहाले पनि चर्को मूल्य तिर्नुपरेको छ । 

यही मौका छोपेर यातायात व्यवसायीले क्षमताभन्दा बढी टिकट काटेर यात्रुलाई चर्को ठगी गरेका छन् । एउटै सिट तीन जनासम्मलाई बिक्री गरेको पाइएको छ ।

पछिल्लो दुई दिनभित्रै काठमाडौं प्रहरी र ट्राफिक प्रहरीले यात्रु ठगी गर्ने ३० जनालाई कारबाही गरेको छ । तर पनि ठगी रोकिएको छैन । नियामक निकाय अलमलमा छन् । 

हेर्नुहोस भिडियो रिपोर्ट : 


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement