त्रिभुवन विमानस्थलमा यात्रुलाई दिने सेवा थप सुधार गर्न नागरिक उड्डयनमन्त्री पाण्डेको निर्देशन

भोलिदेखि नै सुधारका संकेत देखाउन आग्रह
आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
त्रिभुवन विमानस्थलमा यात्रुलाई दिने सेवा थप सुधार गर्न नागरिक उड्डयनमन्त्री पाण्डेको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

विमानस्थल व्यवस्थापन, नेपाल नागरिक उड्डयन प्राधिकरण, निजी क्षेत्रका सेवा प्रदायक संस्था, सुरक्षाकर्मीलगायतसँग आज छलफल गर्दै मन्त्री पाण्डेले सेवामा थप सुधार गर्न सचेत गराउनु हो ।

नेपालको पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलमा आउने यात्रु शक्तिशाली सन्देशवाहक भएको भन्दै उहाँले उनीहरुलाई दिने थप सेवामा कमी हुन नदिन ध्यानाकर्षण गराउनुभयो । विमानस्थलको सेवामा भोलिदेखि नै सुधारका संकेत देखिनुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री पाण्डेले चाडबाडको समयमा एकतर्फी भाडामा काम गर्नुपर्ने व्यवसायीको मर्का आफूले बुझेको पनि बताउनुभयो । हवाई उड्डयनको क्षेत्रमा धेरै काम गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.