मेची राजमार्गमा फेरि पहिरो, यातायात ठप्प

आश्विन १८, २०८१ |विप्लव भट्टराई
मेची राजमार्गमा फेरि पहिरो, यातायात ठप्प

इलाम । मेची राजमार्गमा फेरि पहिरो गएको छ । इलामकाे राजदुवाली सडक खण्डमा आज दिउँसो सडक मर्मत गर्दागर्दै पहिरो झरेपछि पूर्णरूपमा यातायात अवरूद्ध भएकाे छ । 

माइखाेला छेउमा नै सडक अवरूद्ध भएकाे हाे । बारम्बार गइरहेका पहिरोका कारण मेची राजमार्ग प्रयोग गरी झापा, इलाम, पाॅचथर र ताप्लेजुङ आउजाउ गर्ने यात्रु अलपत्र परेका छन् ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।