मन्थली-चरिकोट-काठमाडौं बाइपास सडक खुलेपछि रामेछापको जनजीवन सामान्य बन्दै

आश्विन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
मन्थली-चरिकोट-काठमाडौं बाइपास सडक खुलेपछि रामेछापको जनजीवन सामान्य बन्दै

रामेछाप । दोलखा हुँदै वैकल्पिक राजमार्गका रुपमा रहेको पुष्पलाल मार्ग मन्थली-चरिकोट-काठमाडौं बाइपास सडक खुलाइएपछि रामेछापको जनजीवन सामान्यतर्फ उन्मुख भएको छ ।

दोलखाको किर्नेटारस्थित खिम्ती जलविद्युत आयोजनास्थलबाट बाइपास सडक खुलेसँगै दशैँमा घर जान र आउन सहज भएको छ । यो सडक खुलेसँगै रामेछाप, ओखलढुङगा, सोलुखुम्बु, सिन्धुलीलगायतका जिल्ला जाने सवारीसाधन अब दोलखाबाट सिन्धुपाल्चोक निस्केर काठमाडौ आवातजावत गर्न थालेका छन् ।

खुर्कोटको पुल बाढीले बगाएपछि अहिले रामेछापलाई तराइ जोड्न मन्थली-सित्खा-खुर्कोट-बर्दीबास सडक सञ्चालन गरिएको छ । यो सडकबाट रामेछाप र दोलाखाका लागि खाद्यान्न, पेट्रोलियम पदार्थलगायतका अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधनहरु आवतजावत गरिरहेका छन् ।

मध्यपहाडी राजमार्गको घुर्मी-खुर्कोट सडकखण्ड पनि आजैदेखि खुलाउने गरी काम भइरहेको छ । यो राजमार्ग खुलेपछि भोजपुर, ओखलढुङगा सोलुखुम्बुलगायतका जिल्लाका सवारीसाधन पनि सञ्चालनमा आउनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.