काठमाडौं । सर्वोच्च अदालतले अनिवार्य अवकाश पाउनुभएका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई बिदाइ गरेको छ ।
२०३८ चैत २७ गतेदेखि शाखा अधिकृतका रुपमा न्यायसेवामा प्रवेश गर्नुभएका प्रधानन्यायाधीश श्रेष्ठले ४२ वर्षपछि अवकाश पाउनुभएको हो ।
औपचारिक रुपमा असोज १९ गतेसम्म पदावधि रहे पनि बडा दशैंका अवसरमा भोलिदेखि अदालत विदा हुने भएकाले उहाँको आजै बिदाइ गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
आफूले न्यायिक निष्ठा र मिहिनेतले सर्वोच्च अदालतको नेतृत्व गर्नेसम्मको जिम्मेवारीमा पुगेको उल्लेख गर्दै श्रेष्ठले आफूलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभयो ।