विपत्तिका बेला सरकारको अनुभूति गर्न नपाएको नख्खुका बाढी प्रभावितहरूको गुनासो

आश्विन १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
विपत्तिका बेला सरकारको अनुभूति गर्न नपाएको नख्खुका बाढी प्रभावितहरूको गुनासो

ललितपुर । ललितपुरको नख्खुखोलामा आएको बाढीबाट प्रभावितहरुले विपद्का बेला सरकारको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । उनीहरुले तत्काल राहतको व्यवस्था गर्न माग गरेका छन् ।

खोला छेउ भाडामा जग्गा लिएर अस्थायी टहरा बनाएर विभिन्न व्यवसाय गर्दै आएका उनीहरुको लाखौँको धनमाल बाढीले बगाउँदा पनि सरकारले नहेरेकोमा आक्रोस व्यक्त गरे । ललितपुर महानगरपालिकाले समेत कुनै वास्ता नगरेको उनीहरुको गुनासो छ ।

विस्थापित भएकाहरु अहिले आफन्तको शरण लिएर बसेका छन् । उनीहरुले उनीहरुले तत्काल अस्थायी आवास र खानालगायतका राहतको व्यवस्था गर्न माग गरेका छन् ।

नख्खु खोलामा आएको भीषण बाढीले किनारामा अस्थायी टहरा बनाएर विभिन्न व्यवसाय गर्दै आएकाहरुको उठिवास भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.