नेपाल बारका अध्यक्ष गाेपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता

आश्विन १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल बारका अध्यक्ष गाेपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता

काठमाडौं । नेपाल बार एशाेसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

बार अध्यक्ष घिमिरेले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिसका सम्बन्धमा बोलेको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले मुद्दा दर्ता गराउनुभएको हो । नेपाल बारले उक्त मुद्दा आफूले फेस गर्ने र परिआएको बेहोर्ने निर्णय गरेको छ ।

न्यायपरिषद्‌ले ६ जना न्यायाधीश पद रिक्त रहेको सर्वोच्च अदालतमा उच्च अदालतका २ जना मुख्य न्यायाधीशलाई सर्वोच्चको न्यायाधीसमा सिफारिस गरेको थियो । तर न्यायपरिषद् नियमावली संसोधनको एक वर्षदेखि विरोध गरिरहेको थियो । 

सोही क्रममा नेपाल बारका अध्यक्षले न्यायपरिषदले गैरसंवैधानिक कदम चालेको भन्दै परिषद नेतृत्वको विरोधमा दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै मुद्दा दायर गरिएको छ । 

मुद्दाको पेसी कात्तिक १ गतेका लागि तोकिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.