शहरी विकासमन्त्री सिंह र मन्त्रालयका सचिव गेलालबीच कार्य सम्पादन सम्झौता

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
शहरी विकासमन्त्री सिंह र मन्त्रालयका सचिव गेलालबीच कार्य सम्पादन सम्झौता

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंह र मन्त्रालयका सचिव मणिराम गेलालबीच कार्य सम्पादन सम्झौता भएको छ ।

सिंहदरबारमा आज कार्यवहाक प्रधानमन्त्री समेत रहेका मन्त्री सिंह र मन्त्रालयका सचिव गेलालबीच चालु आर्थिक वर्षमा मन्त्रालयले सम्पादन गर्नुपर्ने मुख्य काम र प्रतिवद्धतासहितको कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको हो । मन्त्री सिंहले सो सम्झौतामा उल्लेख गरिएको प्रतिवद्धतासहितको कार्य सम्पादन सम्झौताको पालना हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा सचिव गेलालले सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सम्झौंतामा मन्त्रालयको सञ्चालित आयोजना एवं कार्यक्रम तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयावधिमा सम्पन्न गर्दै सार्वजनिक सेवा प्रवाह, विकास निर्माण र सुशासनमा दूरगामी प्रभाव पार्ने र जनताले प्रत्यक्ष अनुभुति गर्नेगरी उपलब्धि हासिल गर्नेतर्फ विशेष ध्यान दिई स्वच्छ र सफा वातावरणसहितको योजनावद्ध सहरीकरणद्वारा राष्ट्रको विकास गर्ने प्रतिवद्धता जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २७ गते उपप्रधानमन्त्री र मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गरी चालु आर्थिक वर्षको काम कारबाहीलाई प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement