पूर्वी नवलपरासीमा बस दुर्घटना हुँदा २३ यात्रु घाइते

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
पूर्वी नवलपरासीमा बस दुर्घटना हुँदा २३ यात्रु घाइते

नवलपरासी । पूर्वी नवलपरासीको दुम्कीबासमा सवारी दुर्घटना हुँदा २३ यात्रु घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी विनियत्रिवेणी गाउँपालिका-१, बिनयी खोला नजिकै भारतीय नम्बरको यात्रु बहाक बस दुर्घटनामा परेको हो ।

काठमाडौंबाट भारत जाँदै गरेको आरजे १४ पीसी ३५४५ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । ४५ जना सवार रहेको बसमा २३ जना सामान्य घाइते भएको र अन्य यात्रु भने सकुशल छन् । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement