श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईद्वारा नाम फिर्ता

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईद्वारा नाम फिर्ता

काठमाडौं । सरकारद्वारा श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले नाम फिर्ता लिनु भएको छ ।

भट्टराईले व्यस्तताको कारण जनाउँदै राजदूत नियुक्तिको प्रक्रियाबाट नाम फिर्ता लिने निवेदन दर्ता गराएको संसदीय सुनुवाइ समितिले जनाएको छ ।

समितिको आजको बैठकले प्रस्तावित राजदूतले नाम फिर्ता लिने निवेदन दिएकोले थप निर्णय लिन नपर्ने निष्कर्ष निकालेको छ । भट्टराईलाई राजदूतमा सिफारिस गरेको आज ४५ दिन पुग्दैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement