पोखरामा सातै प्रदेशका पर्यटन मन्त्रीहरूको भेला हुँदै

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
पोखरामा सातै प्रदेशका पर्यटन मन्त्रीहरूको भेला हुँदै

पोखरा । पर्यटकीय राजधानी पोखरामा बुधबार सङ्घीयसहित सातै प्रदेशका पर्यटन मन्त्रीहरूको भेला हुने भएको छ ।

विश्व पर्यटन दिवसको अवसर पारी पोखरामा पर्यटन मन्त्रीहरूको भेला हुन लागेको हो । सङ्घीय मन्त्रीसहित सबै प्रदेशका मन्त्रीहरू आज साँझसम्म पोखरा आइपुग्नुहुने गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार बिहान नेपाल सरकारका पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा सातवटै प्रदेशका पर्यटन मन्त्रीहरू सम्मिलित विषयगत समितिको बैठक बस्ने भएको छ । बुधबार दिउँसो गण्डकी प्रदेशका पर्यटन मन्त्रीको अध्यक्षतामा सङ्घीय मन्त्री, मुख्यमन्त्री र सबै प्रदेशका पर्यटन मन्त्री एवं पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा ‘पोखरा पर्यटन राजधानी नीति संवाद’ कायक्रम हुने उहाँले जानकारी दिनुभयो ।

सङ्घीय पर्यटनमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीले सम्बोधन गर्नुहुने उक्त कार्यक्रममा निजी क्षेत्र पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारका तर्फबाट कार्यपत्रसमेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement