यस वर्षको राष्ट्रिय शिक्षा मिडिया अवार्ड कान्तिपुर टेलिभिजनलाई

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
यस वर्षको राष्ट्रिय शिक्षा मिडिया अवार्ड कान्तिपुर टेलिभिजनलाई

काठमाडौं । यसवर्षको राष्ट्रिय शिक्षा मिडिया अवार्ड कान्तिपुर टेलिभिजनले प्राप्त गरेको छ । शिक्षा पत्रकार समूहले आफ्नो स्थापनाको रजत वर्षका अवसरमा शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै कान्तिपुर टेलिभिजनलाई पुरस्कृत गरेको हो ।

विभिन्न सामाजिक सञ्जाल, टेलिफोन सम्पर्क, वेवसाइट अध्ययन र मूल्यांकनबाट कान्तिपुर टेलिभिजनलाई राष्ट्रिय शिक्षा मिडिया अवार्ड प्रदान गरिएको हो । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा शिक्षामन्त्री विद्या भट्टराईले शिक्षालाई प्राथमिकता दिने कान्तिपुर टेलिभिजनलाई २५ हजार नगदसहित पुरस्कार प्रदान गर्नुभयो ।

छापा माध्यमतर्फ अन्नपूर्ण पोर्ट र रेडियोतर्फ रेडियो मुक्ति पुरस्कृत भएका छन् । कार्यक्रममा शिक्षाविद्हरु केदारभक्त माथेमा, विद्यानाथ कोइराला, विष्णु कार्कीसहित ११ जनालाई सम्मान गरियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement