नजिकियो दशैं, अग्रिम टिकट बुकिङ कहिले ?

भाद्र २८, २०८१ |भरत रावल
नजिकियो दशैं, अग्रिम टिकट बुकिङ कहिले ?

बजारमा दशैको किनमेलको चहलपहल बढदै गएको छ । तर सरकारी निकाय अझै तयारीमा जुटेका छैनन् । सरकारले सुपथ मुल्य पसल असोज ७ पछि मात्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ भने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनको लागि थप जनशक्तिको व्यवस्थापन नै गरेको छैन । त्यस्तै यातायात मन्त्रालयले अहिले दशैको लागि अग्रिम टिकट खुलाउन सकेको छैन । 

दशै आउन अब तीन साताभन्दा कम समय छ । बजारमा चहलपहल विस्तारै बढ्दै गएको छ । दशै मनाउन घर जानेहरु अग्रिम टिकटको प्रतिक्षामा छन् । अर्थतन्त्र लयमा फर्किदै गएको भन्दै दशैको लागि आवश्यक पर्ने सामग्रीको आयात गर्नेहरुले यस पटक गत बर्षको भन्दा २० देखि २५ प्रतिशतले आयात बढाएका छन् । ५० प्रतिशत हाराहारी सामान नेपाल भित्रिसकेको छ ।

चाडपर्वको समयमा व्यापार बढाउन व्यवसायीहरुले सेल अफर लगाउन थालिसकेका छन् । तर सरकारी निकाय र यातायात व्यवसायीहरु भने अझै दशैको तयारीमा जुटेका छैनन् । दशै तिहारको समयमा बजारमा अराजकता बढने भएपनि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अहिलेसम्म छलफलमै छ ।

दशै तिहारमा १५ देखि २० लाख मानिसले राजधानी छोड्ने गर्छन् । सरकारले छलफलको लागि नबोलाइको भन्दै व्यवसायीहरुले अहिलेसम्म टिकट खुलाएका छैनन् ।

बर्षातका कारण बिग्रिएका सडकको अहिलेसम्म मर्मत सम्भार हुन सकेका छैनन् । त्यस्तै सरकारले सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले असोज ७ गते पछि मात्रै सपुथ मुल्य सपर सञ्चालनमा ल्याउने तयारी गरेको छ । प्रभावकारी अनुगमन नहुादा बजारमा दाल, चामल, चिनी, तेल जस्ता अत्यावश्यक वस्तुको मुल्य उकालो लाग्दै गएको छ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement