प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

भाद्र २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनु भएको छ ।

प्रधानमन्त्री ओलीले बेलुका ५ बजे बस्ने गरी बैठक बोलाउनु भएको हो । बैठकमा प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले सत्ता गठबन्धनको बैठकमा संवैधानिक परिषद्का सदस्य उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रस्ताव गर्नुभएको चर्चा चलिरहेको समयमा परिषदको बैठक बोलाएको हो । मंगलबारको प्रतिनिधि सभा बैठकमा पनि नेकपा (एमाले) का सांसदहरूले उपसभामुख रानालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख रहने व्यवस्था छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement