चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु, तीन जना घाइते

माघ १, २०८१ |राजु चौधरी
चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु, तीन जना घाइते

चितवन । चितवनको माडीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

आज दिउँसो माडी नगरपालिका–३, स्थित चितवन राष्ट्रिय निकुञ्जको छेउमा भैसी चराउने क्रममा स्थानीय ५६ वर्षीय छबिलाल बोटलाई गैंडाले आक्रमण गरेको थियो ।

बोटको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर महतोले जानकारी दिनुभयो । उहाँको शव पोष्टमार्टमका लागि भरतपुर ल्याईएको छ ।

गैंडाको आक्रमणबाट अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा माडी-३ कै ५० वर्षीय हेमराज महतो, ६८ वर्षीय कृष्ण महतो र ४५ वर्षीय राजु बोट रहेका छन् ।

हेमराज र कृष्णको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने बोटको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement