१०८ दिनदेखि रत्नपार्कमा जारी सहकारीपीडितको रिले अनसन तथा धर्ना स्थगित

भाद्र २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
१०८ दिनदेखि रत्नपार्कमा जारी सहकारीपीडितको रिले अनसन तथा धर्ना स्थगित

काठमाडौं । सहकारी बचत अपचलनका विषयमा छानबिन समिति बनाउन सरकार सहमत भएसँगै १ सय ८ दिनदेखि रत्नपार्कमा जारी रिले अनसन तथा धर्ना स्थगित गरिएको छ ।

सरकार बचत फिर्ता र ऋण असुलीसम्बन्धी समस्याको पहिचान गर्न सहकारी विभागका उप-रजिष्ट्रारको नेतृत्वमा ५ सदस्य समिति गठन गर्न सहमत भएको हो । समितिमा सहकारीपीडितहरुको पनि सहभागिता रहने भएको छ ।

साथै यसअघि दुई पटकसम्म मन्त्रालय र पीडितबीच भएको सहमति कार्यान्वयन गर्ने र प्रत्येक महिनाको अन्तिम आइतबार समितिको कार्य प्रगतिका बारेमा बैठक बस्ने पनि सहमति भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement