प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण मन्त्रिपरिषद्‌द्वारा स्वीकृत

भाद्र २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण मन्त्रिपरिषद्‌द्वारा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण आजको मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।

सिंहदरबारमा आज बसेको बैठकले राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री ओलीको नेतृत्वमा जाने टोलीलाई स्वीकृति दिने निर्णय गरेको छ । टोलीमा परराष्ट्रमन्त्री आरजु राणा, प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत छन् ।

भदौ २५ देखि असोज १२ सम्ममा अमेरिकाको न्यूयोर्कमा राष्ट्र संघको महासभा हुँदैछ ।

यसैगरी मन्त्रिपरिषद्‌ले पाराओलम्पिक पदक विजेता पलेशा गोवर्धनले नियम अनुसार नै पाउने ६५ लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख पाउनेछन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement