वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई सञ्चालक समितिले सोध्यो स्पष्टीकरण

भाद्र १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
 वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई सञ्चालक समितिले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सञ्चालक समितिले पनि स्पष्टीकरण सोधेको छ ।

दुई वटा वाइडबडी विमान उडानमा नरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दैनिक करिब ४ करोड नोक्सान बेहोर्नुपर्ने भएपछि समितिले कार्यकारी अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेको हो ।

चाडपर्व नजिकिँदै गर्दा नियमित गर्नुपर्ने विस्तृत मर्मत सम्भार अर्थात सी-चेकमा दुवै वाइडबडी विमान पठाउन ढिलाइ गरेको लगायतका विषयमा सञ्चालक समितिले स्पष्टीकरण सोधेको निगम श्रोतले जनाएको छ । स्पष्टीकरणमा सञ्चालक समितिका निर्णय कार्यान्वयन नगरेको आरोप लगाइएको छ । नेपाल वायुसेवा निगमको ऋण व्ययभार बढ्दै गएर ५३ अर्ब रुपैयाँ पुगेको छ।

यसअघि कार्यकारी अध्यक्ष अधिकारीलाई भदौ १२ गते पर्यटन मन्त्रालयले पनि स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले एक साताभित्र जवाफ दिन भनिएको पत्रको म्याद मंगलबार सकिएको छ । पर्यटन मन्त्रालयले अहिलेसम्म अधिकारीको स्पष्टीकरण नआएको जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement