संविधानले आफूलाई नियुक्ति गर्न नरोकेको दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत श्रेष्ठको दाबी

भाद्र १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
संविधानले आफूलाई नियुक्ति गर्न नरोकेको दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत श्रेष्ठको दाबी

काठमाडौं । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठले संविधानले आफूलाई राजदूत बन्नका लागि संविधानले नरोकेको दाबी गर्नुभएको छ । 

 प्रस्तावित राजदूतहरुको सुनुवाइको क्रममा उहाँले संविधानमा कतै आफूलाई नियुक्ति गर्न रोकेको भए प्रमाणित गर्न सांसदहरुलाई चुनौती समेत दिनुभयो । प्रस्तावित राजदूत श्रेष्ठ मानवाधिकार आयोगको सदस्य भएकाले राजदूत बन्न नमिल्ने भनेर संसदीय समितिमा उजुरी परेको थियो ।

उहाँले २०४८ सालमा निर्वाचन आयोगका तत्कालीन प्रमुख आयुक्त सुर्यप्रसाद श्रेष्ठलाई बेलायतको राजदूत बनाएको नजिर भएको भन्दै उहाँले यस विषयमा विवाद गर्नु नपर्ने समेत बताउनुभयो ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement