पर्यटन मन्त्री पाण्डे र नेपालका लागि कतारका राजदूत अन्सारीबीच शिष्टाचार भेट

भाद्र १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
पर्यटन मन्त्री पाण्डे र नेपालका लागि कतारका राजदूत अन्सारीबीच शिष्टाचार भेट

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री प्रसाद पाण्डेसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्री पाण्डे र राजदूत अन्सारीसहितको भेटवार्ताका क्रममा द्विपक्षी हितका बारेमा छलफल भएको हो ।

मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको संस्कृति,पर्यटन क्षेत्रको विकास र समृद्धिका बारेमा छलफल भएको बताइएको छ । छलफलका क्रममा विश्वकै उत्कृष्ट भनिएको कतार एयरयोजले अवलम्बन गरेका रणनीति र नेपाल एयरलाइन्सले अनुसरण गनुपर्ने विषयमा समेत छलफल भएको थियो ।

द्विपक्षीय भेटघाटका क्रममा परराष्टमन्त्रालयका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement