टिकटक खुलाउन सरकार तयार

भाद्र ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
टिकटक खुलाउन सरकार तयार

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाउने भएको छ । भोलिको मन्त्रिपरिषद्‌ बैठकले टिकटक खुलाउने निर्णय गर्ने सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जनाउनु भएको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा हिजो सरकारले टिकटक खुला गर्ने विकल्पबारे कम्पनीका नेपाल प्रतिनिधि लगायतसँग परामर्श गरेको थियो । 

अहिले टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले प्रतिबन्ध फुकुवा गरिदिन र आफू नेपालको कानुनबमोजिम टिकटक सञ्चालन गर्न तयार रहेको भन्दै पछिल्लो पत्र सञ्चार मन्त्रालयमा बुझाएको थियो । 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण लगत्तै नेपालमा सामाजिक सद्‌भाव बिगार्ने काम गरेको भन्दै २७ कात्तिक २०८० को मन्त्रिपरिषद्‌ बैठकले नेपालमा टिकटक प्रयोगमा रोक लगाउने निर्णय लिएको थियो ।

टिकटकका प्रतिनिधि र उच्च अधिकारीले बारम्बार सञ्चारमन्त्री लगायतलाई प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गर्दै आएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.