चौधरी ग्रुपको चाँदबाग स्कुललाई जग्गा खाली गर्न काठमाडौं महानगरले दियो सात दिनको समय

श्रावण २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
चौधरी ग्रुपको चाँदबाग स्कुललाई जग्गा खाली गर्न काठमाडौं महानगरले दियो सात दिनको समय

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाँसबारीस्थित चाँदबाग स्कुलले अतिक्रमण गरेको जग्गा खाली गराउन भन्दै थप सात दिनको समय दिएको छ ।

महानगरको प्रहरी बल आज चाँदबाग स्कुलको जग्गा खाली गराउन बाँसबारी पुगेको थियो । दुई दिनभित्र खाली गराउन टोलीले माइकिङ समेत गरेको थियो ।

तर विद्यालय पक्षले जग्गा खाली गर्न केही दिन मागेपछि बढीमा सातदिनको समय दिइएको महानगर श्रोतले जनाएको छ । समय थपिएपछि चाँदबाग पुगेको नगरप्रहरीको टोली त्यहाँबाट फर्किएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement