‘मिडिया काउन्सिल विधेयक’को नाम ‘आमसञ्चार परिषद् विधेयक’ राख्न छलफल

श्रावण २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘मिडिया काउन्सिल विधेयक’को नाम ‘आमसञ्चार परिषद् विधेयक’ राख्न छलफल

काठमाडौं । 'मिडिया काउन्सिल विधेयक २०८१' को नाम आमसञ्चार परिषद् विधेयक राख्ने गरी छलफल अगाडि बढेको छ ।

राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा आज दफाबार छलफल क्रममा सांसदहरूले विधेयकको नाम नेपालीमा 'आमसञ्चार परिषद् विधेयक' राख्ने गरी छलफल अगाडि बढाएका हुन् । 

मिडिया काउन्सिल विधेयक भनेर ल्याइएको भए पनि सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले नाम परिवर्तनका लागि कुनै समस्या नहुने जवाफ दिएपछि समितिले आमसञ्चार परिषद् राख्ने गरी सहमति नजिक पुगेको समिति सभापति जयन्ती राईले जानकारी दिनुभयो । 

विधेयकको नाम परिवर्तन गर्ने विषयमा सदस्यहरू सहमत देखिए पनि सरोकारवालाले उठाएका तथा सांसदहरूले राखेका संशोधनका विषयमा थप छलफल गर्नुपर्ने भन्दै समिति आज छलफलमै प्रवेश नै गर्न सकेन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement