बंगलादेशको स्थितिबारे नेपालका कूटनीतिक मामिलाका जानकारहरूले के भने ?

श्रावण २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
बंगलादेशको स्थितिबारे नेपालका कूटनीतिक मामिलाका जानकारहरूले के भने ?

काठमाडौं । बंगलादेशमा भएको आन्दोलन र राजनीतिक परिवर्तनबारे कूटनीतिक मामिलाका जानकारहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।

बंगलादेशको परिस्थिति र परिवेश नेपालभन्दा फरक भए पनि नेतृत्वप्रति बढ्दो असन्तुष्टि, बेरोजगारी र गरिबीको अवस्था उस्तै रहेकाले यसलाई बेलैमा सम्बोधन गर्नुपर्ने राजनीतिक नेताहरूको बुझाई छ । दक्षिण एसियामै केही वर्षयता भइरहेका राजनीतिक परिवर्तनको मुख्य कारण भ्रष्टाचार र अलोकतान्त्रिक राज्यव्यवस्था रहेकोप्रति नेतृत्व सचेत रहेको उनीहरूको भनाइ छ । 

बंगलादेशको राजनीतिक परिवेश सँग नेपालको लोकतान्त्रिक व्यवस्था कुनै पनि ढंगले नमिल्ने भन्दै जुनसुकै मुलुकका राजनीतिक घटनालाई नेपाल सँग दाँजेर हेर्न आवश्यक नहुने तर्क पनि परराष्ट्र मामिलाका जानकारहरूको छ । 

तर बंगलादेशका लागि पूर्वराजदूत वंशीधर मिश्रले भौतिक विकास तथा आर्थिक समृद्धि हासिल गरे पनि बंगलादेशमा मौलाएको भ्रष्टाचार र लोकतान्त्रिक मूल्यमान्यता लत्त्याइँदा अहिलेको स्थिति निम्तिएको बताउनुभयो । 

तर बंगलादेशमा उत्पन्न राजनीतिक परिस्थिति सँगै भदौ दोस्रो साता हुने भनिएको बिमस्टेक बैठक समेत अनिश्चित भएको छ । बंगलादेशको राजनीतिक परिवर्तनले क्षेत्रीय  संगठनका साथै नेपाल र बंगलादेशबीचको व्यापारमा छोटो समयका लागि असर गर्न सक्ने विश्लेषणसमेत गरिएको छ ।

दक्षिण एसियामा केही वर्षको अन्तरालमा श्रीलंका र पाकिस्तानपछि बंगलादेशमा भएको राजनीतिक परिवर्तनको मुख्य कारण भ्रष्टाचार र लोकतन्त्रविपरीतका कदमलाई लिइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement