रौतहट । रौतहटमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
गौर चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत गरुडा नगरपालिका–८ जिंगडिया चोकमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक गरुडा-७ पिपरीयाका आशनारायण पटेलको मृत्यु भएको हो ।
चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ना ७ ख १५२० नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आइरहेका बीआर ३० जेड ३०१६ भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पटेलको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनाको यकिन कारण खुल्न नसके पनि बसको स्टेरिङग फेल भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । ठक्कर दिने बस र चालक गरुडा प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।