पाँचथरको कालोपानीलाई पर्यटकीय क्षेत्र बनाउने अभियान सुरु

श्रावण १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाँचथरको कालोपानीलाई पर्यटकीय क्षेत्र बनाउने अभियान सुरु

पाँचथर । पाँचथरको याङ्बरक गाउँपालिका-५ कालोपानीलाई पर्यटकीय क्षेत्र बनाउन गाउँपालिकाले अभियान सुरु गरेको छ ।

यस क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न गाउँपालिकाले गुरुयोजनासँगै पूर्वाधार निर्माण सुरु गरेको हो । खुला चौर भएको यस ठाउँमा आकर्षक पोखरी समेत छ । 

कञ्चनजंघा र कुम्भकर्ण हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यो क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न लागिएको गाउँपालिकाले जनाएको छ । 

याङ्बरक गाउँपालिका ५ मा रहेको यो ठाउँसम्म पुग्न मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्ड अन्तर्गतको गोपेटार बजारदेखि ५ मिनेट कच्ची सडकको यात्रा गर्नुपर्छ । 

कालोपानी आसपास आगेजुङ गुम्बा, गोपेटार, जोरपोखरी र हिलिहाङ दरबार लगायतका रमणीय धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थल रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.